नियम ३३
मुद्दा हेर्ने अधिकारी

(१) ऐन र यस नियमावलीको अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार निकुञ्ज भित्रको लागि निकुञ्जको संरक्षकलाई हुनेछ ।

(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक रहेकोमा सहायक संरक्षकलाई  र निज नरहेकोमा रेञ्जरलाई हुनेछ:-

  • नियम ४ को बर्खिलाप प्रवेशपत्र नलिई निकुञ्जभित्र प्रवेश गरेमा,
  • नियम ७ को खण्ड (ग), (ङ) वा (च) को बर्खिलाप कुनै काम कारबाही गरेमा वा सोही नियमको खण्ड (घ) को बर्खिलाप पाँचसय रुपैयाँसम्म मोल पर्ने वन पैदावारमा कुनै किसिमले हानी नोक्सानी पुर्‍याएमा,
  • नियम ८ को बर्खिलाप धार्मिक क्षेत्रभित्र निषिद्ध कार्य गरे गराएमा,
  • नियम १२ को बर्खिलाप अनुमति नलिई माछा मारेमा,
  • नियम १४ को बर्खिलाप कुनै चिन्हपट, सूचना, विज्ञापन वा पोष्टरहरु टाँसेमा वा राखेमा,
  • नियम १५ को बर्खिलाप कुनै किसिमको बाजा बजाएमा,
  • नियम १६ को बर्खिलाप फोहर मैला गरेमा वा फ्याँकेमा,
  • नियम १८ को बर्खिलाप इशारा वा संकेत नमानेमा,
  • नियम १९ को बर्खिलाप निकुञ्जभित्र पसेमा, हिंडडुल गरेमा वा सवारी चलाएमा,
  • नियम २० को बर्खिलाप तोकिएको बाटो छोडी अन्यत्रबाट यात्रा गरेमा, घरपालुवा जीवजन्तु हिंडाएमा वा कुनै सवारी चलाएमा ।